१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

फाल्गुनन्द गोल्डकपमा झापाको विजयी सुरुवात

पाँचथर – झापा–११ ले पाँचथर सदरमुकाम फिदिममा आयोजित दशौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। स्थानीय फिदिम माविको खेलमैदानमा तीन विदेशी खेलाडी लिएर मैदान उत्रिएको कर्णसिंह सोनाम स्मृती क्लब ताप्लेजुङलाई ३–१ ले पराजित गर्दै झापाले विजयी सुरुवात गरेको हो।

खेलमा अग्रता भने ताप्लेजुङले लिएको थियो। सुरुवाती पाँच मिनेटमा ताप्लेजुङका अनुप सेन्दाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, २५ औं मिनेटमा कर्ण लिम्बुको कर्नरमा झापाका देवेन्द्र तामाङले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।  पहिलो हाफमा १–१ को बराबरी खेलेको झापाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै थप २ गोल गर्यो।

४७ मिनेटमा झापाका राजकुमार खड्काले गोल गर्दै टोलीलाई २–१ को अवस्थामा पुर्याएका थिए। त्यस्तै ५७ औं मिनेटमा कप्तान कर्ण लिम्बुले उत्कृष्ट गोल गर्दै अग्रता फराकिलो बनाए। तर, त्यसपछि निर्धारित र इन्ज्युरी समयमा दुवै टोलीबाट गोल भएन र झापाले खेल ३–१ ले जित्यो। दोश्रो हाफमा ताप्लेजुङले पर्याप्त मुभ बनाउन  नसक्दा हार ब्यहोर्न बाध्य भयो। झापाका देवेन्द्र तामाङ खेलको म्यान अफ दि म्याच घोषित भए।

प्रतियोगिताको उद्घाटन प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रि इन्द्र बहादुर आङ्बोले उद्घाटन गरेका थिए। आङ्बोले खेल मैदान विकासका लागि ५० लाख रुपैँया प्रदेश सरकारले बजेट छुट्याउने घोषणा गरे। प्रतियोगितामा १० टिम आयोजक फिदिम स्पोर्टिङ क्बलसहित, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलको (एपिएफ), फेण्ड्स क्लब काठमाडौं, ब्वाइज युनियन, झापा ११, सुनसरी–११, मोरङ ११ र कर्णसिंह स्मृति क्बल ताप्लेजुङकोसहभागिता छ।

पुष–३० सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ४ लाख  र उपविजेताले २ लाख र ट्रफि पाउने छन्। विधागत रुपमा पनि पुरस्कार दिइनेछ। प्रतियोगितामा आइतबार आयोजक फिदिम स्र्पोटिङ क्लबले मोरङ–११ को समाना गर्नेछ।

प्रकाशित: २१ पुस २०७५ १३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App