२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

भारतीय तीव्र गतीका बलर मुनाफद्वारा सन्यासकाे घाेषणा

काठमाडाैं - भारतीय तीव्र गतीका बलर मुनाफ पटेलले सम्पूर्ण फर्म्याटका क्रिकेटबाट सन्यास लिएको बताएका छन्। सन् २००६ मा इंग्ल्याण्ड विरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका मुनाफले सन् २०११ मा भारतले विश्वकपको उपाधि उचाल्दा महत्वपूर्ण भूमिका निभाएका थिए।

पहिलो अन्तर्राष्ट्रिय खेलमै ९७ रन दिएर ७ विकेट लिँदै उनले सबैलाई प्रभावित पारेका थिए। ३५ वर्षीय मुनाफले सन् २०११ पछि राष्ट्रिय टोलीमा स्थान बनाउन सकेनन्। खराब फिटनेसका कारण क्रिकेटबाट वाहिर बसेका मुनाफ त्यसपछि भने भारतीय टोलीमा परेनन्। करियरको सुरुवातमा मुनाफ १ सय ४५ भन्दा बढीको गतीमा बलिङ गर्थे। मुनाफले अब आफ्नो ध्यान क्रिकेट प्रशिक्षकमा रहने बताए। क्रिकेटबाट सन्यास लिएकोमा कुनै दुःख नलागेको बताउँदै उनले आफुसँगका धेरै सहपाठीले सन्यास लिइसकेकाले समेत आफुलाई याे निर्णय लिन गाह्रो नभएको बताए।

प्रकाशित: २४ कार्तिक २०७५ १३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App