१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बंगलादेशलाई १३६ रनले हराउँदै अफगानिस्तान बन्यो समूह विजेता

काठमाडौं – बंगलादेशलाई १ सय ३६ रनको फराकिलो अन्तरले पराजित गर्दै अफगानिस्तान एसिया कप क्रिकेट अन्तर्गत समूह ‘बी’ को विजेता बनेको छ।

अफगानिस्तान ६ अंकका साथ समूह विजेता बन्दा ३ अंक जोडेको बंगलादेश समूह उपविजेता बन्यो। समूह ‘ए’ बाट भारत र पाकिस्तान पनि सुपर फोरमा प्रवेश गरिसकेका छन्। सुपर फोरमा प्रवेश गरेका ४ टोलीले एकआपसमा खेल्नेछन् । जहाँ शीर्ष दुई स्थानमा बस्ने टोली एसिया कपको उपाधिका लागि फाइनल प्रवेश गर्नेछन्।

अफगानिस्तानले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य पछ्याएको बंगलादेश ४२.१ ओभरमा १ सय १९ रनमा अलआउट भयो। बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक ३२ रन बनाए। त्यस्तै मोहमदुल्लाहले २७ तथा मोसादिक हसनले नटआउट २६ रनमात्र बनाउन सके। बंगलादेशका ८ जना ब्याट्सम्यानले दोहोरो अंकको स्कोर जोड्न सकेनन्।

बंगलादेशलाई सस्तैमा रोक्ने क्रममा अफगानिस्तानका रासिद खान, मुजिब अर रहमान र गुलाबदिन नाबिले २–२ तथा अफ्ताब आलम, मोहम्मद नाबी र रहमेत शाहले एक–एक विकेट लिए।  

यसअघि युएईमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले ५० ओभरमा ७ विकेटको नोक्सानीमा २ सय ५५ रन बनाएको थियो।

अफगानिस्तानका लागि हस्मतुल्लाह साहिदीले सर्वाधिक ५८ रनको योगदान दिए। उनले ९२ बलमा ३ चौंका गर्दै ५८ रन जोडदा अलराउण्डर रासिद खानले विस्फोटक ब्याटिङ गर्दै नअआउट ५७ रन जोडे। रासिदले ३२ बलमा ८ चौका तथा १ छक्का प्रहार गरे। यस्तै गुलाबदिन नहिब पनि ४२ रनमा नटआउट  रहे। उनले ३८ बलमा ५ चौका प्रहार गरेका थिए। त्यस्तै मोहम्मद सहजादले ३७, समिउल्लाह सिन्वारीले १८ तथा रहमेत शाह र मोहम्मद नाबीले समान १०–१० रन जोडे।

बंगलादेशका सकिब अल हसनले ४, अबु हिदेरले २ र रुबेल होसेनले एक विकेट लिएका थिए। 

 

प्रकाशित: ५ आश्विन २०७५ ०५:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App