१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

आरोप पुष्टि गर्न चुनौती

जेम्स साउथरल्यान्ड

सिड्नी – क्रिकेट अस्ट्रेलियाले कतारको स्याटलाइट समाचार नेटवर्क अल जजिरालाई खेलमिलोमतो र भ्रष्टाचारको आरोप पुष्टि गर्न चुनौती दिएको छ । अल जजिराले अस्ट्रेलियाली क्रिकेटको अर्को मिलोमतो र भ्रष्टाचारको वृत्तचित्र प्रसारण गर्ने चेतावनी दिएको थियो। 

अल जजिराले यसै वर्षको पूर्वाद्र्धमा क्रिकेटमा हुने भ्रष्टाचारसम्बन्धी एउटा खोजमूलक वृत्तचित्र प्रसारण गरेको थियो । त्यसमा अस्ट्रेलियाली खेलाडी पनि २०११ मा भएका खेलमा संलग्न रहेको उल्लेख थियो । अल जजिराले फेरि अर्को वृत्तचित्र प्रसारण गर्ने चेतावनी दिएपछि क्रिकेट अस्ट्रेलियाले त्यस्तो चुनौती दिएको हो। 

अल जजिराले अस्ट्रेलियाली क्रिकेटको अर्को मिलोमतो र भ्रष्टाचारको वृत्तचित्र प्रसारण गर्ने चेतावनी दिएको थियो। 

क्रिकेट अस्ट्रेलियाका कार्यकारी प्रमुख जेम्स साउथरल्यान्डले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एन्टी करप्सन युनिटले अल जजिराको आरोपमाथि गहन अनुसन्धान थालेको बताए । उक्त आरोपले क्रिकेटको विश्वव्यापी प्रतिष्ठामा आँच आएपछि आइसिसीले थालेको अनुसन्धानलाई भने अल जजिराले सहयोग नगरेको साउथरल्यान्डले आरोप लगाए। 

‘अल जजिराले सार्वजनिक गरेको सीमित जानकारीमा अस्ट्रेलियाका कोही वर्तमान वा पूर्वखेलाडीको भ्रष्टाचारमा संलग्नता देखिँदैन,’ साउथरल्यान्डले भने, ‘हामीले आइसिसीको एन्टी करप्सन युनिटलाई सबैखाले कागजात उपलब्ध गराएका छौं । हामी आइसिसीको अनुसन्धान पूर्ण होस् भन्ने चाहन्छौं । त्यसैले सबैखाले सहयोगका लागि तयार छौं।’

प्रकाशित: १२ भाद्र २०७५ २३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App