४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

क्रिकेट खेल्न भारतले दियो नेपाली टिमलाई निम्तो

काठमाडौं – भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले नेपाली यु – १९ क्रिकेट टोलीलाई एकदिवसीय खेल खेल्न निमन्त्रणा गरेको छ।

प्रतियोगितामा सहभागिता जनाउन बीसीसीआईले नेपाललाई आग्रह गरेको यु –१९ टोलीका प्रशिक्षक बिनोद दासले जानकारी दिए। यु – १९ का केही खेलाडी अहिले एसिया कपको तयारीका लागि राष्ट्रिय टिमबाट तयारी गरिरहेका छन्।

नेपाली टोलीको सहभागिताबारे छिट्टै टुंगो लाग्ने प्रशिक्षक दासले जानकारी दिए। भारतीय शहर कोलकातामा सेप्टेम्बर ९ देखि २० सम्म संचालन हुने प्रतियोगितामा भारत र अफगानिस्तानको यु – १९ टोलीसँगै भारतकै नेशनल क्रिकेट एकेडेमी (एनसीए) को सहभागिता रहने छ।

प्रकाशित: २२ श्रावण २०७५ ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App