१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

जिससको सम्झौता नवीकरण

लन्डन – इङ्लिस प्रिमियर लिगको विजेता म्यानचेस्टर सिटीले ब्राजिलका स्ट्राइकर ग्याब्रियल जिसससँग २०२३ सम्मका लागि सम्झौता नवीकरण गरेको छ। 

रुस विश्वकपमा ब्राजिलले क्वार्टरफाइलन सम्मको यात्रा तय गर्दाका सदस्य २१ वर्षे जिसस यसअघि २०१७ को जनवरीमा सिटीसँग अनुबन्ध भएका थिए। सिटीबाट ५३ खेल खेलका जिससले २४ गोल गरेका छन्। 

‘सिटीमा रहँदा समर्थकले देखाएको सदभावप्रति म निकै आभारी छु।  त्यसका लागि म समर्थकलाई धन्यवाद भन्न चाहन्छु,’ दुई वर्षका लागि सम्झौता नवीकरण गरेपछि जिससले भने, ‘मैले यो क्लबबाट आफ्नो व्यावसायिक खेल जीवनलाई सुधार्ने मौका पाएँ, त्यसलाई निरन्तरता दिन यो क्लब उचित छ । त्यसैले नवीकरण मेरा लागि उचित निर्णय हो।’

सम्झौता नवीकरणमा प्रशिक्षक पेप ग्वार्डिओलाको विशेष भूमिका रहेको बताउँदै जिससले थपे, ‘म्यान्चेस्टर सिटी ठूलो क्लब हो । क्लबले प्रत्येक दिन चर्चामाथि चर्चा बटुल्दै गएको छ। त्यसैले म यहीँ रहेर समर्थकलाई खुसी दिलाउने प्रयास गर्नेछु।’ 

 

प्रकाशित: १९ श्रावण २०७५ ०४:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App