१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

इपिएलको फ्यान्टसी प्रतियोगिता

काठमाडौं – फुटबल नेपालको लोकप्रिय खेल हो । नेपाली फुटबल मात्र नभई विदेशी फुटबलका समर्थक पनि नेपालमा धेरै छन् । युरोपेली लिग सुरु हुन केही हप्ता मात्र बाँकी रहँदा कर्नर फ्लाग प्रालिले इङ्लिस प्रिमियर लिगको फ्यान्टसी प्रतियोगिता गर्ने भएको छ।

कर्नर फ्लागले फ्यन्टसी प्रतियोगिता आयोजना गर्न लागेको यो दोस्रो पटक हो । नयाँ सिजनका लागि बिहीबारबाट दर्ता प्रक्रिया खुला गरेको आयोजकले जनायो । फ्यान्टसी प्रिमियर लिग (एफपिएल) मा सहभागी हुन फुट्टी फ्यान्टसी मोबाइल एप्स डाउनलोड गर्नुपर्ने हुन्छ । एन्ड्रोइड प्रयोगकर्ताले गुगलप्ले स्टोर र आईओएस प्रयोगकर्ताले एप्स स्टोरमा गएर उक्त एप्स डाउनलोड गर्न सकिनेछ । गत वर्ष १० हजार बढीले सहभागिता जनाएका थिए। 

सन् १९६२ मा अमेरिकामा बिल विन्किन्ब्याक र  सन् १९७१ मा बेलायतमा बर्नी डोनेल्लीले मुख्यत मनोरञ्जनका लागि फ्यान्टसी फुटबलको अवधारणा भित्र्याएका थिए । यो वर्ष ३८ हप्ताको खेलपछि अन्तिममा उत्कृष्ट हुने सहभागीले नगद १ लाख प्राप्त गर्नेछन् । यस्तै  प्रत्येक हप्ताका उत्कृष्ट हुने एक सहभागीले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । करिब ९ महिना चल्ने इङ्लिस प्रिमियर लिग आगामी अगस्ट ११ बाट हुँदै छ।

 

प्रकाशित: १८ श्रावण २०७५ ०४:३० शुक्रबार

इपिएलको फ्यान्टसी प्रतियोगिता