१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

साम्पोलीसँगको सम्झौता भंग

ब्युनस आयर्स – अर्जेन्टिनी फुटबल संघ (एएफए) ले प्रशिक्षक जर्ज साम्पोलीसँगको सम्झौता अन्त्य गरेको घोषणा गरेको छ।

एएफएले रूसमा सम्पन्न विश्वकपमा खराब प्रदर्शन गरेको भन्दै संघले सम्पोलीसँगको सम्झौता तोडेको जनाएको छ । ‘आज अर्जेन्टिनी फुटबल संघ र जर्ज साम्पोली आपसी समझदारीमा दुई पक्षबीचको सम्झौता तोड्न सहमत भएका छौं,’ एएफएले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एएफएले गत वर्ष जुनमा साम्पोलीसँग पाँच वर्षको सम्झौता गरेको थियो।

समूह ‘डी’ को अर्जेन्टिना पहिलो खेलमा नवप्रवेशी आइसल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा क्रोएसियासँग ३–० ले पराजित भएको थियो ।

अन्तिम खेलमा नाइजेरियालाई २–१ ले पराजित गर्दैं समूह उपविजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा फ्रान्सलाई ४–३ को नतिजा सुम्पिँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

 

प्रकाशित: २ श्रावण २०७५ ०५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App