१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप फुटबलः पेरुविरुद्ध डेनमार्कको संघर्षपूर्ण जित

रूस – रूसमा जारी फिफा विश्वकप फुटबलमा डेनमार्कले पेरुलाई संघर्षपूर्ण खेलमा १–० ले पराजित गरेको छ। मोर्डोभिया एरिना रंगशालामा शनिबार सम्पन्न तेस्रो खेलमा डेनमार्कलाई विजयी गराउन ५९ औं मिनेटमा युसुफ पौलसेनले गोल गरे। 
पहिलो हाफको ४४ औं मिनेटमा डेनमार्कका खेलाडीले पेरुका क्रिस्चियन क्युभालाई डिबक्स भित्र लडाएपछि पेरुले पेनाल्टी पाएको थियो। तर त्यो पेनाल्टीलाई क्युभालेनै प्रहार गरेपनि गोल गर्न सकेनन्। उनले प्रहार गरेको बल बाहिरिएको थियो।

खेलअवधिभर दुबै टोलीले पाएका सुवर्ण अवसरलाई गोलमा परिणत गर्न नसक्दा डेनमार्कले खेल आफ्नो पक्षमा पार्यो। पेरुको तुलनामा डेनमार्क केहि बलीयो देखिएको थियो। खेलमा ५३ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा पारेपनि पेश्रले गोल गर्न भने सकेन। जितसँगै डेनमार्क ३ अंक जोडदै समूह सी को दोस्रो स्थानमा पुगेको छ।

 

प्रकाशित: २ असार २०७५ १८:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App