१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप जित्ने सम्भावना कुन देशको कति ?

काठमाडौं – विश्वकप २०१८ को उपाधि कसले जित्ला भन्ने चर्चा चलिरहदा ग्रेसनोटलाई उद्रीत गर्दै बीबीसीले ब्राजिलको सम्भावना बढी रहेको देखाएको छ। उसले अघिल्लो विश्वकपमा जर्मनीसँग ७–१ ले पराजित भएको ब्राजिलको सम्भावना सर्वाधिक उच्च २१ प्रतिशत रहेको देखाएको हो।

त्यस्तै जर्मनी र अर्जेन्टिनाको उपाधि जित्ने सम्भावना समान ८ प्रतिशत देखाएको छ। त्यस्तै ग्रेसनोटले स्पेनले विश्वकप जित्ने सम्भावना १०, फ्रान्सको ६, कोलम्बियाको ५ तथा इङल्याण्डको र पाेर्चुगलकाे समान ४–४  प्रतिशत छ।

सन् १९६६ को विश्वकप यता ७ लेटिन अमेरिकी मुलुकहरूले जित्ने सम्भवाना आंकलन गरिँदै आएकोमा रसियामा हुन लागेको यो विश्वकपमा इटाली र नेदरल्याण्डले भने छनौट चरणबाटै बाहिरिए। 

ग्रेसनोट सय भन्दा बढी मुलुकमा खेल, संगीत र टिभी कार्यक्रमहरूको तथ्याङ्क संकलन र तुलना गर्ने संस्था हो।

 

प्रकाशित: २४ जेष्ठ २०७५ १०:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App