७ माघ २०८१ सोमबार
image/svg+xml
खेल

एनसिसिएस र रिब्स फाइनलमा

डिफेन्डिङ च्याम्पियन एनसिसिएस र रिब्स चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सको उपाधिका लागि भिड्ने भएका छन्।

बुद्धनगरमा शुक्रबार भएको प्रतियोगिताको सेमिफाइनलमा एनसिसिएसले काठमाडौं शिक्षालयलाई २९–१७ ले र रिब्सले भक्तपुर निस्टलाई १९–१५ ले हराउँदै उपाधि भिडन्त तय गरेका हुन्।

एनसिसिएसकी ग्रिभा महर्जनले १४ अंक जोडिन्। रिब्सकी विदिशा पराजुलीले ६ स्कोर गरिन्। सिनियर बोइजमा हेम्सले इनोभेटिभलाई ४९–२६, विल्सन एकेडेमीले एन्जल लर्डलाई ५६–२९, भद्र घलेले क्यान्भासलाई ५२–२२ र एम्बासडरले आयोजक केएमसी ‘ए’ लाई ६२–३४ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।

हेम्सका सुशांक आचार्यले २०, विल्सनका रेहान डंगोलले २७, भद्र घलेका दिवस मगरले २३ र एम्बासडरका विसन खड्काले ३५ अंक जोडे। जुनियर ब्वाइजमा केयर इङलिसले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) लाई २१–१३, कश्यपले ग्रिनफिल्डलाई ३०–२० र काठमाडौं इङलिस स्कुल (केइएस) ले जनप्रेमीलाई २४–१४ ले पन्छ्याउँदै सेमिफाइनलमा स्थान बनाएका छन्।

केयरका सहज मिश्रले ९, कश्यपका एलेन लामाले १८ र केइएसका सुशान्त गिरीले १६ स्कोर गरे। नेरिक एकेडेमी पनि पिपुल्स एकेडेमीबाट वाकओभर पाउँदै सेमिफाइनलमा पुग्न सफल भयो।

प्रकाशित: ५ माघ २०८१ ११:५० शनिबार

# Nagarik