बंगलादेश काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ।
दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ७-१ को गोलको फराकिलो अन्तरबाट हराउँदै फाइनलमा पुगेको हो।
बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन्। सविना खातुनले २ तथा ऋतु पोर्ना चक्मा र शिउली अजिमले १-१ गोल गरे।
आइतबार नै हुने दोस्रो सेमिफाइनल खेलमा साँझ ६:३० बजे नेपाल र भारतबीच हुनेछ।
प्रकाशित: ११ कार्तिक २०८१ १६:३२ आइतबार