४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

जेभियरको विजयी सुरुआत

जेभियर इन्टरनेसनल कलेजले प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरु आत गरेको छ ।

सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा जेभियरले ब्लु बर्डलाई २८–२३ ले पराजित ग¥यो । जेभियरकी पेमा डोमा शेर्पाले १३ अंक जोडिन् ।

सुरुका तीन क्वाटरमा अग्रता लिएको जेभियरले क्रमशः ८–२, ८–६ र १२–७ को अंक जोड्यो । चौथो तथा अन्तिम क्वाटरमा ब्लु बर्डले ८–० को अग्रता बनाएपनि जितका लागि पर्याप्त भएन ।

प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) द्वारा आयोजित प्रतियोगितामा गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीले पनि जितका साथ यात्रा प्रारम्भ गरे ।

गोल्डेनगेटले कान्जिरोवालाई ३८–१३ ले हरायो । गोल्डेनगेटकी सन्ध्या डंगोलले १५ स्कोर गरिन् । पहिलो क्वाटरमा १६–५ को अग्रता लिएको गोल्डेनगेटले अन्तिमसम्म त्यसलाई कायम राख्दै ६–४, ७–२ र ९–२ को प्रदर्शन गर्‍यो ।

ल्यान्डमार्कले ट्रिटन इन्टरनेसनल कलेजलाई ३०–१० ले पाखा लगायो । विजयी टिमका लागि साजन खत्रीले १६ अंक जोडिन् ।

पहिलो र दोश्रो क्वाटरमा क्रमशः १४–२ र ८–० ले अगाडि रहेको ल्यान्डमार्क तेश्रोमा ०–६ ले पछि पर्‍यो । चौथो क्वाटर ल्यान्डमार्कले ८–२ ले आफ्नो पक्षमा पार्‍यो ।

प्रतियोगितामा सहभागी ७ टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको  छ । विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल भदौ २२ गते हुनेछ ।

प्रकाशित: १७ भाद्र २०८१ १९:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App