काठमाडौं– कैलालीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा काठमाडौं गोल्डेनसले रुपन्देही च्यालेन्जर्स सामु १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस जितेर व्याटिङ गरेको गोल्डेन्सले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १८६ रन बनाएको छ। रुपन्देहीले जवाफी व्याटिङ गरिरहेको छ।
काठमाडौंका लागि सन्नी पटेलले नटआउट ४८ रन बनाए। सुबोथ भाटीले ४२ र अमित श्रेष्ठ ३० रनमा आउट हुँदा नरेश बुढाऐर ३० रनमा नटआउट रहे। ज्ञानेन्द्र मल्ल २० रनमा सिमित हुँदा भुपेन्द्र थापाले १४ रन जोडे।
रुपन्देहीका बलरका सुफ्यान मेहमुद, अमर रौटेला र विक्रम भुषालले समान एक एक विकेट लिए।
काठमाडौं गोल्डेन्सको कप्तानमा ज्ञानेन्द्र मल्ल र रुपन्देही च्यालेन्जर्सको कप्तानमा शक्ति गौचन रहेका छन्।
प्रकाशित: १९ चैत्र २०७४ ०९:२२ सोमबार