२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

कन्स्टिलेसन फाइनलमा

आयोजक कन्स्टिलेसन कलेज प्रथम कथालय/कन्स्टिलेसन कप यु–१९ बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार फाइनलमा प्रवेश गरेको छ ।

राउन्ड रोविन लिगमा कन्स्टिलेसनले पोखराको अमिसीलाई ३८–२८ ले पराजित गर्‍यो । चार टिम सहभागी राउन्ड रोविन लिगमा कन्स्टिलेसन शत प्रतिशत जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । विजयी टिमका लागि डोमा तामाङले ८ अंक जोडिन् ।

बुधबार हुने गोल्डेनगेट र अमिसीबीचको खेलले फाइनल पुग्ने अर्को प्रतिद्वन्द्वीको टुंगो लाग्ने छ । गोल्डेनगेटले उक्त खेल जितेमा फाइनलमा पुग्ने छ । गोल्डेनगेटले हार व्यहोर्दा अमिसी र बलर्स एकेडेमीबीचको स्कोर अन्तरबाट फाइनल पुग्ने टोलीको तय हुनेछ ।

ब्वाइजमा सीसीआरसी र कन्स्टिलेसन सेमिफाइनलमा पुगे । सीसीआरसीले मनास्लुलाई ५४–४५ ले हरायो । सीसीआरसीको जितमा तेन्जिङ शेर्पाले १३ अंक योगदान गरे । सिमोन गुरुङको १६ अंक सहयोगथमा कन्स्टिलेसनले नागर्जुन एनजेवाइएसलाई ६५–३८ ले पाखा लगायो ।

बाँकी दुई सेमिफाइनल बुधबार हुनेछ । वर्षका कारण मंगलबारको खेल विशाल मिलन केन्द्रको कोर्टमा नभइ भंगालस्थित भ्याली पब्लिक स्कुलको इन्डोर हलमा खेलाइएको थियो ।

प्रकाशित: ४ भाद्र २०८१ १९:५५ मंगलबार

#First Kathala/Constellation Cup U-19 Basketball Tournament