५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एसिया कप वुमेन्सः नेपाल आज युएईसँग भिड्दै

एसिया कप क्रिकेट वुमेन्स २०२४ आजदेखि सुरु हुँदैछ। आज हुने पहिलो खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्नेछ।

श्रीलङ्काको रनगिरी डम्बुल्ला इन्टरनेशनल स्टेडियममा हुने नेपाल र यूएईबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ।

इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीमा पूर्व कप्तान रुबिना क्षेत्री, सिता रानामगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुबी पोदार, लक्ष्मी साउद, अलिसा खडिया, अप्सारी बेगम र अस्मिना कर्माचार्य रहेका छन्।

समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने समूहचरणको अन्तिम खेलमा नेपालले जुलाई २३ मा भारतको समाना गर्नेछ।

समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्यान्ड छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्।

आजै हुने अर्को खेलमा भारत र पाकिस्तान आमनेसामने हुनेछन्। 

प्रकाशित: ४ श्रावण २०८१ ०६:२६ शुक्रबार

#asia cup womens #asian cricket council;