आईसिसी टी–२० विश्वकप अन्र्तगत आयरल्यान्डविरुद्ध क्यानडाले १३७ रन बनाएको छ।अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडिममा जारी यी दुईबिचको खेलमा टस हारेर पहिला व्याटिङ गरेको क्यानडाले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको हो।
क्यानडाका लागि सबैभन्दा वढि निकोलस किर्टन ४९ रन बनाए । त्यसैगरी श्रेयस मोव्वा ३७ , परगट सिंहले १८ तथा आरोन जोन्सनले १४ रनको योगदान दिए।आयरल्यान्डका लागि ब्यारी म्याकार्थी र क्रेग यंगले दुई दुई विकेट लिए । मार्क एडेयर र ग्यारेथ डेलानी एक एक विकेट लिए ।
हालसम्म दुबै टोलीले समान १/१ खेल खेलेको र दुबै टोली पराजित भएको छ।
क्यानडा आफ्नो पहिलो खेलमा अमेरिकासँग ७ विकेटले पराजित भएको थियो भने आयरल्यान्ड आफ्नो पहिलो खेलमा भारतसँग ८ विकेटले पराजित भएको थियो।दुबै टोलीलाई प्रतियोगितामा अघि बढ्न आजको खेल जित्नै पर्ने दबाब रहने छ।
क्यानडा: आरोन जोन्सन, नवनीत धालीवाल, परगट सिंह, निकोलस किर्टन, श्रेयस मोव्वा , दिलप्रीत बाजवा, साद बिन जफर (कप्तान), जुनैद सिद्दिकी, डिलोन हेलिगर, कलीम साना, जेरेमी गोर्डन
आयरल्याण्ड: पल स्टर्लिङ (कप्तान), एन्ड्रयू बालबर्नी, लोर्कन टकर , ह्यारी टेक्टर, कर्टिस क्याम्फर, जर्ज डकरेल, ग्यारेथ डेलानी, मार्क एडेयर, ब्यारी म्याकार्थी, जोस लिटल, क्रेग यंग
प्रकाशित: २५ जेष्ठ २०८१ २२:१६ शुक्रबार