१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

एकै ओभरमा दुई कुशल आउट

वेस्ट इन्डिज ए विरुद्धको चौथो टी-२० क्रिकेटमा जवाफी ब्याटिङ गरिरहेको नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ।

२१० रनको लक्ष्य पछ्याइरहेको नेपालले पाँचौ ओभरको खेलमा दुई कुशल भुर्तेल र मल्ललाई गुमाएको हो।

भुर्तेल एक रनमा बोल्ड हुँदा मल्ल चार रनमा क्याच आउट भए। उनीहरु दुवैलाई फावियन एलेनले पवेलियनको बाटो देखाएका हुन्। नेपालले अर्का ओपनर आसिफ शेखलाई पनि शुन्य रनमा गुमाएको थियो।

क्रिजमा अहिले क्याप्टेन रोहित पौडेल र सन्दीप जोरा छन्। ५ खेलको शृंखलामा भ्रमणकारी टोली २\१ ले अघि छ । 

प्रकाशित: २० वैशाख २०८१ १४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App