३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको प्लेइङ्ग-११, यी ५ खेलाडीलाई मौका

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२० सिरिज अन्तर्गत आज दोस्रो खेल हुँदैछ।

आजको खेलमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर नेपाललाई पहिला बलिङ्ग गर्न निम्तो दिएको छ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालको प्लेइङ्ग ११ मा लोकेश बम, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सागर ढकाल र आकाश चन्द रहेका छन्।

आजको खेलमा शनिवार टिममा परेका कमलसिंह ऐरी, प्रतिश जिसी, अविनाश बोहरा, ललित राजवंशी र विवेक यादवलाई बेन्चमा राखिएको छ।

प्रकाशित: १६ वैशाख २०८१ १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App