२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फुट टेक फुटसल जेठको पहिलो साता

फुट टेक फुटसल प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठको पहिलो सातादेखि हुने भएको छ।

सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका संस्थाहरूको सहभागिता रहने यो प्रतियोगिताका खेलहरू पेप्सीकोलास्थित रोयल नेपाल फुटसलमा हुने छ।

आयोजक लेट्स प्ले स्पोर्टस् ले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पुरुषमा ३२ र महिलामा आठ टोलीको सहभागिता रहने जानकारी दियो।

प्रतियोगिताका खेलहरू जेठ ५ गतेदेखि हुनेछन्। प्रत्येक शनिबार उक्त खेल सञ्चालन हुने आयोजकले जनाएको छ। पहिलो र दोस्रो शनिबार समूह चरणका तथा तेस्रो र चौथो शनिबार नकआउट चरणका खेल सञ्चालन हुनेछन्।

पुरुषततर्फ विजेताले उपाधिसहित एक लाख ५० हजार र उपविजेताले ७५ हजार रूपैयाँ जित्नेछ भने महिलातर्फको च्याम्पियनले ३० र उपविजेताले २० हजार रूपैयाँ पुरस्कार पाउनेछन्।

प्रतियोगितासँगै फुटसलका प्रतिभाहरूको प्रस्तुतिसहितको फ्रिस्टाइल स्किल च्यालेन्ज पनि आयोजना हुनेछ। जसमा फुटसलमा विशेष कला भएकाले प्रस्तुति गर्ने र उत्कृष्ट कला प्रस्तुत गर्नेलाई पुस्कार वितरण गरिने छ।

प्रतियोगितामा धेरैभन्दा धेरैको सहभागिता गराउनका लागि हामीले यो पटक सहभागी कम्पनीहरूमा ट्रफी टुरको आयोजना गरिने आयोजकले जनाएको छ।

प्रकाशित: १५ वैशाख २०८१ ०७:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App