१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

लखनउविरुद्ध ब्याटिङ्ग गर्दै चेन्नई, कप्तानसहित २ विकेट गुमायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्ग्सले २ विकेट गुमाएको छ।

लखनउमा केहीबेर अघि सुरु भएको खेलमा टस हारेर लखनउ सुपर जाइन्ट्सविरुद्ध पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको चेन्नईले पहिलो विकेटको रुपमा रचिन रविन्द्रलाई गुमाएको छ भने दोस्रो विकेटको रुपमा कप्तान ऋतुराज गायक्वाडलाई गुमाएको छ।

ऋतुराज गायक्वाडको कप्तानीमा रहेको चेन्नई आजको खेलमा जित निकाल्दै अङ्क तालिकामा माथि उक्लिन चाहन्छ भने लखनउ पनि आफूलाई अङ्क तालिकामा माथि उकास्ने प्रयासमा रहने छ।

हालसम्म ६ खेल खेलेको चेन्नई ४ खेलमा जित हात पारेर ८ अङ्काका साथ अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ भने समान खेल खेलेको लखनउ ३ खेलमा जित हात पारेर अङ्क तालिकाको पाँचौ स्थानमा रहेको छ। 

प्रकाशित: ७ वैशाख २०८१ २०:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App