१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपाली टेनिस टाेली मलेसियातर्फ

नेपालका चार खेलाडीले आइटिएफ एसिया यु–१४ डेभलपमेन्ट च्याम्पियनसिपको फाइनल चरणमा प्रतिस्पर्धा गर्ने भएका छन्।

उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली टेनिस टोली शुक्रबार मलेसियाको कुचिङ प्रस्थान गरिसकेको छ। अप्रिल ८ देखि १९ तारिखसम्म हुने प्रतियोगिता हुँदै छ।

सो प्रतियोगितामा पुरुषमा बृजेश अर्याल र असभसम्राट हाडाले प्रतिस्पर्धा गर्नेछन्। महिलामा शिभाली गुरुङ र स्वस्तिका विष्टले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। प्रशिक्षकमा सूर्यभूषण वज्राचार्य छन्।

टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल टेनिस संघका सदस्य अजय विष्ट र जयजीव हाडाले एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे। शिभाली र स्वस्तिका भने मलेसियामै रहेको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन्।

प्रकाशित: २४ चैत्र २०८० ०८:१६ शनिबार

आइटिएफ एसिया यु–१४ डेभलपमेन्ट च्याम्पियनसिप प्रतिस्पर्धा नेपाली टेनिस टोली मलेसिया