२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ब्याडमिन्टन टोली पाकिस्तान जाँदै

नेपालका १० खेलाडीले पाकिस्तानमा हुने दक्षिण एसियाली रिजनल यु–१९ तथा यु–१७ ब्याडमिन्टन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।

पाकिस्तानको इस्लामाबादमा आगामी मार्च ३ देखि सातसम्म दक्षिण एसियाली रिजनल यु–१५ तथा यु–१७ जुनियर ब्याडमिन्टन प्रतियोगिता हुँदै छ। साथै सोही दौरान हुने ब्याडमिन्टनको विभिन्न कार्यक्रममा सहभागी हुने १० खेलाडीसहित १७ सदस्यीय टोलीलाई बिदाइ गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिँदै शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे। यु–१७ टोली शनिबार पाकिस्तान जानेछ।

यु–१७ को पुरुष खेलाडीमा कविर केसी, सुविन श्रेष्ठ र अमन डंगोल तथा महिलामा समृद्धि श्रेष्ठ र आस्ना श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। प्रतिस्पर्धाअघि खेलाडीले पाकिस्तानमै हुने प्रशिक्षण शिविरमा सहभागी हुनेछन्।

यु–१५ टोली फेब्रुअरी दुई तारिखमा पाकिस्तान पुग्नेछ। पुरुष खेलाडीमा रिजन मगर, सुदेश राजकोटी र सदीप राई छन्। महिलामा रिहाना शेरचन र निभा राई छन्। प्रशिक्षकमा सञ्जीव श्रेष्ठ र व्यवस्थापकमा मानबहादुर मल्ल रहेका छन्। नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले लिडर्स मिटिङमा भाग लिनेछन्।

राजु श्रेष्ठ र राधेश्याम मचामसीले अम्पायर कोर्समा सहभागिता जनाउनेछन्। गीताकुमार शाही र सन्ध्या थापाले जेन्डर इक्विटी एन्ड वुमन्स इम्पावरमेन्ट वर्कसपमा सहभागी हुनेछन्।

प्रकाशित: १२ फाल्गुन २०८० १४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App