१३ असार २०८१ बिहीबार
image/svg+xml
खेल

गुह्येश्वरी, प्यारागन र बौद्ध चिल्ड्रेन हेभन विजयी

गुह्येश्वरी, प्यारागन र बौद्ध चिल्ड्रेन हेभनले शुक्रबार द चाँदबाग स्कुल दोस्रो कम्फेस्टअन्तर्गत फुटबल र बास्केटबलको उपाधि जितेका छन्।

गुह्येश्वरी ब्वाइज फुटबल, प्यारागन ब्वाइज बास्केटबल र बौद्ध गर्ल्स बास्केटबलमा च्याम्पियन बनेका हुन्। तीनै प्रतिस्पर्धा यु–१२ उमेरसमूहको हो। बाँसबारीस्थित आयोजक द चाँदबाग स्कुलमा भएको ब्वाइज फुटबलको फाइनलमा गुह्येश्वरीले टिआइएलाई १–० गोलले पराजित गर्‍यो।

गुह्येश्वरीका तकेन्द बुढा क्षेत्री उत्कृष्ट खेलाडी तथा टिआइएका नोर्बु तामाङ उत्कृष्ट गोलरक्षक घोषित भए। टिआइएका प्राञ्जल बस्नेत प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बने। ब्वाइज बास्केटबलको फाइनलमा प्यारागनले मनास्लुलाई १६–८ ले हरायो।

प्यारागनका अभिषेक घर्ती ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए। गल्र्स बास्केटबलको उपाधि भिडन्तमा बौद्धले चेल्सी वर्ल्ड स्कुलको चुनौती १४–१२ ले पन्छायो। बौद्धकी जस्मिन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ बनिन्।

विजेतालाई यु–१६ राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक चक्रबहादुर तामाङ, चाँदबागका अध्यक्ष दामोदर लामिछाने, सिजी एडुकेसनकी बिज्नेस युनिट हेड गर्ली अग्रवाल, सिजी एडुकेसनका शैक्षिक प्रमुख भूषण गुरुङ, प्रिन्सिपल चन्द्रायन प्रधान श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

फागुन ६ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज/गल्र्स बास्केटबलमा समान १२–१२ तथा फुटबलमा २२ टिमले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १२ फाल्गुन २०८० १३:३९ शनिबार

गुह्येश्वरी प्यारागन र बौद्ध चिल्ड्रेन हेभन विजयी फुटबल र बास्केटबलको उपाधि