१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेदरल्यान्ड्सविरुद्ध नामिबियाको कमजोर प्रदर्शन, ६ विकेट गुमाएर ४० रन कटायो

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा जारी त्रिदेशिय क्रिकेट अन्तर्गत आज नामिबियाले खराब प्रदर्शन गरिरहेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ्ग गर्ने निम्तो पाएको नामिबियाले ६ विकेट गुमाएर जम्मा १३ ओभरको खेल सकिँदा जम्मा ४५ रन जोडेको छ।

टस जितेर पहिले फिल्डिङ्ग गर्ने निर्णय गरेको नेदरल्यान्ड्स टोलीले नामिबियालाई रन बनाउन रोकिरहेको छ।

हाल नामिबियाका लागि जेजे स्मिथ र जेन ग्रिन मैदानमा छन्।

जारी सिरिजमा नेदरल्यान्ड्सले जित हात पारेको छैन भने नामिबिया र नेपालले एक एक खेल जितेको छ।

प्रकाशित: ७ फाल्गुन २०८० १०:३६ सोमबार

आइसिसी विश्वकप क्रिकेट लिग–२