४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

आहा रारा गोल्डकप: आजदेखि क्वाटरफाइनलका खेल

पोखरामा जारी तेइसाैं संस्करणको आहा रारा पोखरा गोल्डकपअन्तर्गत आजदेखि क्वाटरफाइनलमा खेल सुरु हुँदैछ। प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल आज अपराह्न २ः३० बजे थ्रीस्टार क्लब र भुटानको पारो एफसीबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ।

पोखरा रङ्गशालामा भइरहेको प्रतियोगितामा भूटानको पारो एफसीसहित साविक विजेता सङ्कटा क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मर्स्याङ्दी, जावलाखेल युथक्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लबले सहभागिता जनाएको क्लबका अध्यक्ष केशवराज बरालले बताए।

प्रतियोगिताका विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रूपैयाँ प्राप्त गर्ने उनले बताए। प्रि-क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई जनही २०/२० हजार रूपैयाँ, क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई ३०/३० हजार रूपैयाँ र सेमिफाइनल विजेता तथा पराजित दुवै टोलीलाई ५०/५० हजार रूपैयाँ प्रदान गरिने जनाइएको छ। प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: १३ माघ २०८० ०६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App