यू–१९ विश्वकप क्रिकेट अन्र्तगत न्युजिल्यान्डविरुद्ध ३०३ रनको लक्ष्य सहित व्याटिङमा उत्रेको नेपालले पाँच विकेट गुमाएको छ।नेपालले पाँचौ विकेटको रुपमा गुल्सन झा लाई २ रनमा गुमाउन पुग्यो।
यस अघि नेपालले चौथो विकेटको रुपमा उत्तम मगरलाई ० रनमा गुमाउन पुगेको हो। त्यसैगरी तेस्रो विकेटको रुपमा कप्तान देव खनाल ३४ बलमा ५ चौका र १ छक्कासंगै ३६ रन बनाएर आउट भएका थिए।
नेपालले पहिलो ओभरमै दिपक बोहरा ० रनमा गुमाएको थियो भने दोस्रो विकेटको रुपमा ५ दशमलब ४ ओभरमा आकाश त्रिपाठीलाई २ रनमा गुमाएको हो।
ताजास्थीतीमा नेपालले २४ ओभरमा ५विकेट गुमाएर ११६ रन बनाएको छ। अहिले अर्जुन कुमाल र दिपक बोहरा क्रिजमा छन्।
न्यूजिल्यान्डले पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ८ विकेट गुमाएर ३०२ रन बनाएको हो।न्युजिल्याण्डका लागि कप्तान ओस्कर ज्याक्सनले ७५ तथा एस रेडिले आउट नभई १४७ रन बनाए।
नेपालका लागि सुभाष भण्डारीले ३ ,गुल्सन झाले २ तथा दिपेश कंडेल, आकाश त्रिपाठी र तिलक भण्डारीले एक एक विकेट लिए।नेपालको समूहमा रहेको पाकिस्तानले हिजो अफगानिस्तानलाई हराएको थियो।
प्रकाशित: ७ माघ २०८० १४:११ आइतबार