५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

यू–१९ विश्वकप : न्युजिल्याण्डविरुद्ध नेपाललाई पहिलो ओभरमै झट्का

यू–१९ विश्वकप क्रिकेट अन्र्तगत न्युजिल्यान्डविरुद्ध  ३०३ रनको विजयी लक्ष्य सहित व्याटिङमा उत्रेको नेपाललाई पहिलो ओभरमै झट्का लागेको छ । पहिलो ओभरको अन्तिम बलमा दिपक बोहरा ३ बलकाे सामना गर्दै ० रनमा आउट भएका छन ।  ताजास्थीतीमा नेपालले  ३ओभरमा १ विकेट गुमाएर ५ रन बनाएको छ । अहिले अर्जुन कुमाल र आकाश त्रिपाठी क्रिजमा छन ।

यस अघि दक्षिण अफ्रिकाको बुफेलो पार्कमा दिउँसो १ :४५ बाट सुरुभएको खेलमा न्यूजिल्यान्डले टस जितेर नेपाललाई पहिले बलिङ्ग गर्न निम्तो दिएको हो।

न्यूजिल्यान्डले पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ८ विकेट गुमाएर ३०२ रन बनाएको हो।न्युजिल्याण्डका लागि कप्तान ओस्कर ज्याक्सनले ७५ तथा एस रेडिले आउट नभई १४७  रन बनाए।

नेपालका लागि सुभाष भण्डारीले ३ ,गुल्सन झाले २ तथा दिपेश कंडेल, आकाश त्रिपाठी र तिलक भण्डारीले एक एक विकेट लिए।नेपालको समूहमा रहेको पाकिस्तानले हिजो अफगानिस्तानलाई हराएको थियो।  

प्रकाशित: ७ माघ २०८० १२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App