१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

किक बक्सिङका खेलाडी सम्मानित

काठमाडौं जिल्ला किक बक्सिङ संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल तीन खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ।

थाइल्यान्डको बैंककमा भएको एसियाली किक बक्सिङ च्याम्पियसिपमा कांस्य जितेका देवान्स श्रेष्ठ, भारतमा भएको अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका स्वर्ण विजेता किशोर कार्की तथा गणेशमान सिंह राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका सागर दर्जी सम्मानित भएका हुन्।

 दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, नेपाल किक बक्सिङ संघ अध्यक्ष लोकेन्द्र कार्कीलगायतले खेलाडीलाई जनही २५ हजार र प्रशंसापत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे।

सो अवसरमा नेपालमा किक बक्सिङको विकास र विस्तारमा योगदान पु¥याएकोमा अध्यक्ष कार्कीलाई पनि सम्मान गरिएको थियो।

प्रकाशित: २१ पुस २०८० ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App