काठमाडौं जिल्ला भलिबल संघको साधारण सभा सम्पन्न भएको छ।
काठमाडौं जिल्ला भलिबल संघका अध्यक्ष सुदर्शन जमकटेलको अध्यक्षता र नेपाल भलिबल संघका प्रतिनिधि एवं सचिव तथा न्यु डायमन्ड क्लबकी अध्यक्ष सुनकेशरी मालीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ।
उपत्यकाका १३ पालिकबाट प्रतिनिधित्व गर्दै १३ सदस्यीय पूर्ण कमिटी बनेकोमा कार्यसमितिको प्रमुख अतिथिले मुक्तकण्ठले प्रशंसा गरे। बैठकमा सचिव प्रदीप श्रेष्ठले हालसम्मको प्रगति प्रतिवेदन र कोषाध्यक्ष जयन्ती जोशीले हालसम्मको आर्थिक प्रतिवेदन पेस गरेका थिए।
छलफल र अन्तरक्रिया गरी प्रतिवेदन पारित गर्दै अगामी रणनीति र कार्यक्रमका लागि वार्षिक क्यालेन्डरअनुसार संघ अगाडि बढ्ने जानकारी संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद भट्टराईले दिए।
प्रकाशित: १० पुस २०८० ०३:०८ मंगलबार