२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

गेटवे एकेडेमी र न्यु स्टार पोल फाइनलमा

गेटवे एकेडेमी र न्यु स्टार पाले शुक्रबार १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरूको संगठन (फेका) को आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा गेटवेले हाइली क्रिएटिभलाई ६–२ को फराकिलो गोलअन्तरले पराजित ग¥यो। गेटवेका ‘म्यान अफ दी म्याच’ लक्ष्मण उप्रेतीले २ तथा प्रतिज रायमाझी, सन्दीप शिवाकोटी, प्रदीप खत्री र प्रीतम केसीले १÷१ गोल गरे। हाइलीका डेभिन कार्की र कृष्ण कार्कीले समान १÷१ गोल गरे।

मूलपानीमा भएको दोस्रो सेमिफाइनलमा न्यु स्टार पोलले अक्षरिकालाई २–१ गोलले हरायो। न्यु स्टार पोलका रसिक श्रेष्ठ र ‘म्यान अफ दी म्याच’ सुप्रिम कार्कीले समान १–१ गोल गरे। अक्षरिकाका डेनिसिन तामाङले सान्त्वना गोल फर्काए। फाइनल आइतबार हुनेछ।शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउनेछन्

 

प्रकाशित: ३० मंसिर २०८० ०४:४९ शनिबार

गेटवे एकेडेमी र न्यु स्टार पोल फाइनलमा फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता