२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

जेसिज र सृजना ज्ञान सागर सेमिफाइनलमा

जेसिज र सृजना ज्ञान सागर शुक्रबार नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

जेसिज सिनियर गर्ल्स तथा सृजना ज्ञान सागर जुनियर ब्वाइजमा सेमिफाइनलमा पुगेका हुन्। सिनियर गर्ल्समा जेसिजले केभिएसलाई २२–१७ ले पराजित गर्‍यो। जेसिजको जितमा विप्रिशा श्रेष्ठले २० अंक योगदान गरिन्।

विश्वास घलेको ९ अंक सहयोगमा सृजना ज्ञान सागरले पिपुल्स एकेडेमीलाई २१–१३ ले हरायो। सिनियर गर्ल्समा स्वर्णिमले एलआरआईलाई १२–३ तथा रिब्सले द एक्सेल्सियर स्कुललाई १९–१२ ले पाखा लगाए। स्वर्णिमकी हिसी लामाले ६ तथा रिब्सकी खुसी अधिकारीले ८ स्कोर गरे।

सिनियर ब्वाइजमा आयोजक रेडियन्ट पब्लिकले सेबलाई ४०–३० ले पन्छाउँदै सेमिफाइनलमा स्थान पक्का गर्‍यो। रेडियन्टका रोहित चौधरीले २० अंक जोडे। जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबिए) ले ओरेकल रेमाथि १८–९ को जित दर्ता गर्‍यो। इबिएका आदित्य श्रेष्ठले १२ अंक जोडे।

प्रकाशित: १६ मंसिर २०८० ०३:२९ शनिबार

जेसिज र सृजना ज्ञान सागर सेमिफाइनलमा