५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

साँझ फुटबल हेर्न जाने हैन ? फर्कदा बसको सुविधा छ !

अखिल नेपाल फुटबल संघ(एन्फा) ले आज मंगलबार  यमनविरुद्धको  खेल हेर्न आउने दर्शको लागि बसको सुविधा समेत उपलब्ध गराउने भएको छ।साँझ ७ बजेदेखि हुने खेलमा फर्कँदा दर्शकलाई समस्या हुन देखिएकोले बसको व्यवस्था गरिएको एन्फाले जनाएको छ।  

खेल गराउँदा रंगशाला पुगेर खेल हेर्न आउने समर्थकलाई घर जान गाह्रो पर्ने  देखिएकाले दर्शको सुविधाको लागी बस सेवा दिइएको एन्फाले  बताएको छ। बसको सेवा लिन खेलको टिकट देखाउन पर्ने छ।  

नेपाल र यमनबिचको पहिलो लेग आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ७ बजे हुनेछ ।  विभिन्न रुट तय गरेर १५ वटा बसको व्यवस्था गरेको  छ।‘खेल ढिला भएकाले दर्शकलाई घर जान सजिलो होस भनेर बसहरूको व्यवस्था गरेका हौ,’एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले बताए ।  बससेवा सुन्धारादेखि थानकोट, नारायणथान,जोरपाटी,भैसेपाटी, सूर्यविनायक,हात्तिबन लगायतका स्थान सम्म रहेको छ।  

बसको रुट यस प्रकारको रहेको छ –

प्रकाशित: ५ मंसिर २०८० ०३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App