१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

माहिका सेमिफाइनलमा

जयकर स्मृति राष्ट्रिय लनटेनिसको यु–१८ गल्र्स सिंगल्समा माहिका राणा एनी माथेमा विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

काठमाडौं–माहिका राणा १५औं जयकर मेमोरियल राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यु–१८ गल्र्स सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेकी छन् । प्रायः प्रतियोगितामा जुम्ल्याहा दिदी मायांकासँग फाइनलमा प्रतिस्पर्धा गरेकी माहिकाले यो पटक भने सेमिफाइनलमै दिदी मायांकालाई प्रतिद्वन्द्वीका रूपमा पाएकी छिन् । मायांका बाइ पाएर सीधै सेमिफाइनलमा पुगिसकेकी छन् । अर्काे सेमिफाइनल प्रेरणा कोइराला र विजिशा श्रेष्ठबीच हुनेछ ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको क्वार्टरफाइनलमा माहिकाले एनी माथेमालाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गर्दै दिदी मायांकासँग सेमिफाइनल भेट पक्का गरेकी हुन् ।
यु–१४ गल्र्स सिंगल्समा रायना शाहले सुभाङलक्ष्मी शाहलाई ६–३, ६–२, सर्भानी श्रेष्ठले प्रकृति श्रेष्ठलाई ७–६, ६–४, इशाश्री शाहले स्नेहा यादवलाई ६–१, ६–२ तथा अभिलाषा विष्टले अजा रेग्मीलाई ६–१, ६–० को सीधा सेटमा हराउँदै सेमिफाइनल स्थान सुरक्षित गरे ।
सोही स्पर्धाको ब्वाइजमा निश्चल अधिकारी क्वार्टरफाइनलमा पुगे । उनले प्रसिद्ध मोक्तानमाथि ६–२, ६–१ को सहज जित दर्ता गरे ।
यु–९ गल्र्स सिंगल्समा प्रशंसा मोक्तानले प्रतिष्ठा लामालाई ४–०, ४–०, अद्या पौडेलले सइभी ढकाललाई ४–०, ४–०, जेनी खड्काले नाला मास्केलाई ४–१, २–४, ४–१ तथा सुनिरा थापाले समृद्धि महर्जनलाई ४–०, ४–० को सेटमा पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरे ।
उक्त स्पर्धाको ब्वाइजमा निशाद जोशीले दर्शिल श्रेष्ठलाई ४–१, ४–०, राजवीर प्रधानले बोरिस अधिकारीलाई ४–०, ४–१, आयुशमान हजुर घलेले तेन्जिङ गुरुङलाई ४–०, ४–० तथा सक्षमविक्रम शाहले असभ हाडालाई ४–०, ४–० को सोझो सेटमा पन्छाउँदै सेमिफाइनलमा स्थान बनाए ।
यु–१० ब्वाइज सिंगल्समा निशाद जोशीले दर्शिल श्रेष्ठलाई ६–०, ६–२ तथा श्रीयोग अधिकारीले आर्यमान जोशीलाई ६–० र ६–२ को नतिजामा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे ।
ब्वाइज डबल्समा सरोज तामाङ र सफल श्रेष्ठ तथा आदित सुवेदी र प्रणव खनालको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे । सरोज र आदित्यको जोडीले इभ्येक जोशी र आदित्य सुवेदीबाट वाक ओभर पायो । आदित र प्रणवको जोडीले आरभसम्राट हाडा र आर्यन गिरीको जोडीलाई ६–३, ६–१ को सोझो सेटमा हरायो । 

 

प्रकाशित: ५ पुस २०७४ ००:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App