१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

प्रतिक्रिकेटर १३ लाख सिफारिस

सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा हुने आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रति खेलाडीका लागि १३ लाख रूपैयाँ नगद पुरस्कार सिफारिस भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले  विश्वकपमा छनोट भएका खेलाडीका लागि नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ। राखेप कार्यकारी समितिका संयोजक समेत रहेका सदस्यसचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो।

सो समितिले १५ खेलाडी तथा मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि कुल दुई करोड ४ लाख ७५ हजार रूपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ।

प्रकाशित: २२ कार्तिक २०८० ०४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App