१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपालले कटायो ५० रन

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनलको दोस्रो इनिङमा नेपालले ५० रन कटाएको छ।  

नेपालले ७.१ ओभरमा ५० रन कटाएको हो। कुसल भुर्तेल ८ बलमा ११ रन बनाएर आउट भएका थिए भने अहिलेसम्म आसिफ शेखले २० बलमा २३ रन र गुल्शन झाले १७ बलमा १९ रन बनाएर खेलिरहेका छन्।

यसअघि युएईका नीलंश केसवानी को बलमा मोहम्मद वसिमले कुशल भुर्तेललाई क्याच आउट गरेका थिए।

पहिलो इनिङमा युएईले नेपाललाई जितका लागि १३५ रनको लक्ष्य दिएको थियो।

मूलपानी क्रिकेट मैदानमा जारी छनोटको सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको युएईले निर्धारित २० ओभरको खेल खेल्दै ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो।

युएईका लागि वृत्तिय अरविन्दले सर्वाधिक ६४ रनको योगदान गरेका थिए। उनले ५१ ब्लमा ८ चौका र २ छक्काको मदले उक्त रन जोडे। यस्तै युएईका कप्तान मोहम्मद वशिमले २६ रन बनाए भने अलिशान सराफुले १६ र आशिफ खानले १३ रन बनाएका थिए।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिँदा सन्दिप लामिछाने र सोमपाल कामीले समान २/२ विकेट लिएका थिए।

प्रकाशित: १७ कार्तिक २०८० ०७:४१ शुक्रबार

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट