१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आइसीसी २०–२० क्रिकेट विश्वकप छनोटः नेपालमाथि ओमानको रोमाञ्जक जित

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको आजको खेलमा नेपाल पराजित भएको छ। १४६ रनको लक्ष्य पछ्याएको नेपाल खराब प्रर्दशन गर्दै ओमानसँग ५ रनले पराजित भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा  १४५ रन बनायो। ओमानका लागि जिशान मक्सुदले सर्वाधिक ३२ रन बनाए। नसिम खुसीले २५, सकिल अहमदले २२ रन बनाए। तर, नेपालका ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् र रनमा अलआउट भए।

आजको खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले २६ रन बनाए। त्यसबाहेकका सबैजसो ब्याट्सम्यानले २० रन पनि कटाउन सकेनन्। तर, अन्तिम ब्याट्सम्यानका रुपमा मैदान उत्रेका विवेक यादवले सर्वाधिक ३९ रन बनाए।  

खेलमा जित हात पार्दै समूह विजेता बन्ने नेपालको सपना पनि टुटेको छ। आजको खेलमा पराजित भएपनि नेपाल सेमिफाइनलमा भने पुगिसकेको छ।

प्रकाशित: १६ कार्तिक २०८० ०६:४७ बिहीबार

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट