१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

युभेन्ट्सको जितमा हिग्विन नायक

मिलान– गोन्जालो हिग्विनले पूर्वक्लबविरुद्ध गोल गरेको दिन शुक्रबार युभेन्ट्सले इटालियन सिरी ‘ए’ को शीर्ष क्लब नेपोलीलाई १–० ले पराजित गर्दै अंकदूरी कम गरेको छ।

गत सोमबार मात्र हातको शल्यक्रिया गरे पनि हिग्विन महत्त्वपूर्ण मानिएको यस भिडन्तमा पहिलो रोजाइमा नै मैदान प्रवेश गरेका थिए । नेपोलीको यो सिजनको पहिलो हार हो । उनी सन् २०१६ मा ९ करोड युरोमा नेपोलीबाट युभेन्ट्स गएका थिए ।
१३औं मिनेटमा हिग्विनले गरेको गोल युभेन्ट्सको जितमा पर्याप्त बन्यो । उनले पाउलो डिबालाको पासलाई पोस्टको दिशा दिएका थिए।

यस जितपछि १५ खेलको समाप्तिमा ३७ अंक जोडेको युभेन्ट्स दोस्रो स्थानमा यथावत् छ, जुन शीर्ष स्थानको नेपोलीभन्दा एक अंक कम हो । नेपोलीको हारपछि जारी सिजन सिरी ‘ए’ मा इन्टर मिलान मात्र एक अपराजित टोली हो । १४ खेलमा ३६ अंकका साथ तेस्रो स्थानमा बसेको इन्टरले आइतबार किइभो भेरोनाविरुद्ध हुने खेलमा जित हात पार्न सके शीर्ष स्थान कब्जा गर्नेछ।

शुक्रबारै सम्पन्न अर्को खेलमा रोमाले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको एसपिएएललाई २–१ ले पराजित गरेको छ।

खेलको नवौं मिनेटमा फिलिप रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि एसपिएएलले १० खेलाडीमा सीमित हँुदै खेलको अन्त्य गरेको थियो।

१९औं मिनेटमा इडेन जेकोले गरेको गोलमा रोमाले अग्रता लिएको थियो । ३२औं मिनेटमा केभिन स्टुर्टम्यान र ५३औं मिनेटमा लोरेन्जो पेलेग्रिनीले गोल गरेपछि रोमा ३–० को सहज स्थितिमा पुगेको थियो। 

५५औं मिनेटमा फेर्डिको भिभियानीले गोल गर्दै रेलिगेसनबाट बाँच्न संघर्षरत एसपिएएललाई खेलमा पर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन।

यस जितपछि १४ खेलमा ३४ अंक जोडेको रोमा चौथो स्थानमा छ । एक खेल कम खेलेको एसपिएएल १० अंकका साथ १८औं स्थानमा छ।

प्रकाशित: १७ मंसिर २०७४ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App