६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

टी-२० विश्वकपका लागि नेपाल छनोट हुन्छ: क्रिकेटर गुल्सन झा

नेपाली राष्ट्रिय टिमका खेलाडी गुल्सन झाले नेपाल टी-२० विश्वकपका लागि नेपाल छनोट हुने कुरामा नेपाली टीमनै विश्वस्त रहेको बताएका छन्।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरसंगको खेलपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै झाले  नेपाल टी-२० विश्वकपमा छनोट हुने विश्वास व्यक्त गरेका छन्।

झाले भने, 'टी-२० विश्वकपको छनोटमा खेल्नु नै  नेपालको एउटा दुलर्भ मौका हो। त्यसमाथि हामी घरेलु मैदानमा खेलिरहेका छौं। टी(२० विश्वकपमा नेपाल छनोट हुने सम्भावना सय प्रतिशत छ।'  

साेमबारकाे आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपालले सिङ्गापुर माथि शानदार जित हात पारेको छ। सिङ्गापुरविरुद्ध आफ्नो पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको हो।  

प्रकाशित: १३ कार्तिक २०८० ०७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App