१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः आज अस्ट्रेलिया र श्रीलङ्का आमनेसामने

आइसीसी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत आज अस्ट्रेलिया र श्रीलङ्का आमनेसामने हुने भएका छन्।  

भारतको लखनउस्थित इकाना स्पोर्ट्स सिटीमा हुने आजको खेल दिउँसो २ः१५ मा सुरु हुनेछ।

आजको खेलमा प्याट कमिन्सको कप्तानीमा मैदान उत्रदा अस्ट्रेलिया पहिलो जितको खोजीमा रहनेछ भने दासुन शनाकाको कप्तानीमा रहेको श्रीलङ्का पनि पहिलो जित हात पार्न चाहन्छ।

जारी प्रतियोगितामा दुबै टोलीले हालसम्म जित हात पार्न सकेका छनैन्। २ खेल खेलेको श्रीलङ्का पुछारबाट तेस्रो स्थानमा रहेको छ भने समान खेल खेलेको अस्ट्रेलिया तालिकाको पुछारमा रहेको छ।  

प्रकाशित: २९ आश्विन २०८० ०६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App