१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सेमिफाइनलमा नेपाली खेलाडीको बर्चस्व

काठमाडौं– नेपालका आर्यन गिरी र आदित सुवेदीले केशा ग्रुप एएनएलटिए यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत पूरुष एकलको अन्तिम ४ मा स्थान बनाएका छन् ।
मंगलबार ललितपुरको सातादोवाटोस्थित लन टेनिस कोर्टमा भएको क्वार्टरफाइनलमा आदित्य सुवेदी भारतका गर्व बहलसँग पराजित भए । आर्यनले नेपालकै चिराग तिमिल्सिनालाई ६–०, ६–० को सेटमा हराउँदा आदितले आरभ हाडालाई ६–४, २–६, ६–० को सेटमा पराजित गरेका थिए ।  आदित्यले भारतका गर्वलाई ६–०, ६–१ को नतिजा सुम्पिए । भारतका रुशिकेश सुनकाराले आफ्नै देशका सिबसामी रमालिङ्गम नाथिन रामलाई ६–०, ६–० को सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका थिए ।
महिला एकलतर्फ नेपालका प्रेरणा कोइराला, सलोनी तमाङ र रायना शाहले अन्तिम चारमा स्थान बनाए । भारतकी रिया माथारु अन्तिम चारमा स्थान बनाउने एक मात्र विदेशी खेलाडी बनिन् । रियाले नेपालकी स्नेहा यादवलाई ६–०, ६–१ को सेटमा हराएकी हुन् ।
प्ररणाले नेपालकी इशा श्री शाहलाई ६–१, ६–० को सेटमा हराउँदा सालोनीले शर्भानी श्रेष्ठलाई ६–१, ४–६, ६–४ को सेटमा हराइन् । रायनाले लुमु त्सो लामालाई ६–०, ६–१ को सेटमा हराउँदै अन्तिम ४ मा स्थान बनाइन् ।
भारतका गौरव बल र रुशीकेश सुनकाराको जोडीले नेपालका आर्यन गिरी र आरभ हाडाको जोडीलाई ६–३, ६–१ तथा नेपालका आदित सुवेदी र आदित्य सुवेदीले भारतका हरीशरण बसकरण र सिबसामिङगमलाई ६–१, ६–१ को सेटमा हराउँदै पुरुष युगलको अन्तिम चारमा स्थान बनाए । महिला युगलमा नेपालकी प्रेरणा कोइराला र सलोनी तमाङले भारतकी प्राची मन्त्री र नेपालकी सुभाङ्गी शाहको जोडीलाई ६–३, ७–५ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाए । इशाश्री शाह र शर्भानी श्रेष्ठको जोडीले भारतकी रिया माथारु र नेपालकी रायना शाहको जोडीलाई ६–४, ७–६(४) को सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरे ।

 

 

प्रकाशित: १५ कार्तिक २०७४ ०४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App