४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

वर्षा रोकिएसंगै नेपाल र भारतबिचको खेल सुरु,२३ ओभरमा भारतले नेपाललाई जित्न १४५ रन बनाउनु पर्ने

एसिया कप क्रिकेटमा नेपाल र भारतबिचको दोश्रो पाली सुरु भएसंगै पानी पर्न थालेर रोकिएको खेल पुन सुरु भएको छ । वर्षाका कारण अव २३ ओभरको मात्र खेल हुनेछ  । २३ ओभरमा भारतले नेपाललाई जित्न १४५ रन बनाउनु पर्नेछ।खेल रोकिदा भारतले २ दशमलब १ ओभरमा कुनै विकेट नगुमाई १७ रन बनाएको थियो।  

यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८।२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो।नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए।

अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनको आक्रामक इनिङ खेलेका थिए । सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको महत्वपूर्ण योगदान दिएका थिए ।भारतका लागि मोहमद शिराज र रविन्द्र जडेजाले समान तीन तीन विकेट लिए । त्यस्तै मोहमद शामी र हार्दीक पाड्याले एक एक विकेट लिए। 

प्रकाशित: १८ भाद्र २०८० १६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App