२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एसिया कपका लागि नेपाली टाेली घाेषणा

फाइल।

पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो।

एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ। समूह ‘ए’ मा भारत, पाकिस्तान र नेपाल छन्। नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ। दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग खेल्ने हुनेछ। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

नेपाली टोली: 

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दिप लामिछाने, करन केसी, ललित राजबंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दिप जोरा,अर्जुन साउद र श्याम ढकाल।

प्रकाशित: २९ श्रावण २०८० १०:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App