२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अस्ट्रेलियाको आशा जीवन्त

क्यानाडाविरुद्ध आफ्नो दोस्रो गोल गरेपछि अस्ट्रेलियाकी हेली रासो । तस्बिर ः एपी

आयोजक अस्ट्रेलियाले महिला विश्वकपमा आशालाई पुनर्जीवित गर्ने क्रममा क्यानडामाथि ४–० को जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको छ।

अस्ट्रेलियाले ओलम्पिक च्याम्पियन क्यानडालाई सोमबार स्तब्धपूर्ण नतिजा सामना गर्न बाध्य बनाउँदै घरेलु मैदानमा जारी विश्वकपकमा आशा जारी राखेको छ। नाइजेरियासँग ३–२ ले स्तब्ध भएपछि अस्ट्रेलियालाई विश्वकप यात्रा जीवन्त राख्न जितको विकल्प थिएन। मेलबर्नमा २७ हजारभन्दा बढी दर्शकमाझ अस्ट्रेलियाले खेलको सुरुआतमा नै गोल गर्दै क्यानडाविरुद्ध दबाब बनाउन सक्यो। यस क्रममा हेली रासोले दुई गोल गरिन्। यो जितसँगै अस्ट्रेलिया समूह ‘बी’ मा नाइजेरियाभन्दा अगाडि रह्यो।  

सोमबार नै भएको खेलमा नाइजेरियाले आयरल्यान्डसँग बराबरी खेलेपछि आफूलाई दोस्रो स्थानमा खुम्च्याएको हो। समूह ‘डी’ को खेलमा पनि डेनमार्क र चीनमध्ये एक टोली दोस्रो चरणमा पुग्ने सोही किसिमको समीकरण देखिएको छ। ‘म मेरो टोलीप्रति निकै गर्व गर्छु,’अस्ट्रेलियाका प्रशिक्षक टोली गुस्ताभसनले भने, ‘हाम्रा खेलाडीले पनि समूहमा केही विशेष खेल देखाए। उनीहरूले आज राम्रो प्रदर्शन गरे। सबैले साम (साम केर घाइते खेलाडी) का बारेमा कुरा गरिरहेका थिए। यद्यपि, उनीहरूले पनि राम्रो खेले र आफूहरू को हो भनेर प्रमाणित पनि गरे।’  

महत्वपूर्ण स्ट्राइकर केर चोटका कारण बेन्चमा थिइन्। तर, रियाल मड्रिडका रासोले खेलको नवौं मिनेटमा नै गोल गर्दै सुरुआती अग्रता दिलाइन्। कप्तान स्टेप क्याट्लेको क्रस बललाई सदुपयोग गर्दै उनले गोल गरेकी हुन्। पहिलो हाफ नसकिँदै रासोले अर्को गोल पनि गर्दै क्यानडामाथि दबाब बनाइन्। दुई गोलले पछि परेसँगै दोस्रो हाफमा क्यानडाले चार खेलाडी परिवर्तन ग¥यो। तर, त्यो निर्णय पनि क्यानडाका लागि सही साबित भएन। काउन्टर अट्याकमा म्यारी फ्लाओरले अस्ट्रेलियाको तेस्रो गोल गरिन्।  

इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै अस्ट्रेलियाले क्यानडामाथि सहज जित निकाल्यो। क्याट्लेले पेनाल्टीमा गोल गरेकी हुन्। ‘हरेकले एकअर्काका लागि संघर्ष गरे। त्यसका कारण पनि यो नतिजा आएको हो,’ रासोले भनिन्, ‘हामीले सघंर्षशील स्वभावलाई मर्न दिएनौं।’ तर, गत ओलम्पिक च्याम्पियन क्यानडाका लागि भने दुखद रह्यो। ‘हामी बराबरीको नतिजा ल्याउने लक्ष्यका साथ खेलेका थियौं। तर, अस्ट्रेलियाले राम्रो खेल्यो,’ क्यानडाका प्रशिक्षक बेभ प्रिस्टमेनले भने, ‘फुटबल कहिले निर्दयी हुन्छ। आज यति भनौं, आज राम्रो पक्षमा फुटबल रहेन।’  

प्रकाशित: १६ श्रावण २०८० ०१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App