२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट छनोट :श्रीलंकाले ओमानलाई ९८ रनमै अलआउट गर्यो

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा श्रीलंकाले ओमानलाई ९८ रनमा अलआउट गरेको छ।

जिम्बावेको राजधानी हरारेमा रहेको क्विन्स स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको ओमान ३० दशमलब २ ओभरमा ९८ रन बनाउदै अलआउट हुन पुगेको हो। 

ओमानका लागि आयान खानले  ४१ ,जतिन्दर सिंहले २१ तथा फैयज बटले १३ रन बनाए भने अन्य व्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन।

ओमानलाई सस्तैमा आउट गर्न श्रीलंकाका लागि वानिन्दु हसरंगाले ५ तथा लाहिरु कुमाराले ३ विकेट लिए।त्यसैगरी कसुन रन्जिथाले १ विकेट हात पारे।

पहिलो खेलमा युएईलाई फराकिलो अन्तरले पराजित गरेको श्रीलंका आज सोही रुपमा हराउन चाहन्छ।ओमानले यस अघि दुई खेल जितेको छ।  

प्रकाशित: ८ असार २०८० ०९:५१ शुक्रबार

विश्वकप क्रिकेट छनोट :श्रीलंकालेओमानलाई ९८ रनमा अलआउट गर्यो