२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

बस्नेत लेखनाथ हाफ म्याराथन च्याम्पियन

हाफ म्याराथन, महिला दशकिलोमिटर तथा विद्यालयस्तरीय छात्र तथा छात्रा दौड विजेता धावकहरु पदकसहित सामूहिक तस्बिरमा।

लेखनाथ हाफ म्याराथनको उपाधि रामजी बस्नेतले जितेका छन। २१.९८ किलोमिटरको दुरीलाई बस्नेतले १ घण्टा १३ मिनेट ३३ सेकेण्डको समयमा पुरा गर्दै पहिलो पटक आयोजित लखेनाथ हाफ म्याराथनको उपाधि जितेका हुन्।  

शनिबार पोखरा–२९ भण्डारढीकस्थित प्रस्तावित लेखनाथ रंगशालाबाट शुरुभएको दौड खल्याँड लेखनाथ साना तथा शहरी खानेपानी, बेगनासताल, पार्किङबाट ड्यामहुदै बेगनास बसपार्क, शिशुवा, कविशिरोमणि गेट हँुदै कालीगण्डकी चोक पुगेका थिएर। त्यसपछि खास्टेताल चोक, बुढीबजार सिमलमार्ग लक्ष्मीमावि हुदैं लेखनाथ चोक, डाडाँनाकबाट तालचोक, शिशुवा, नौविसे आदर्शचोक निस्केर भण्डारढीकस्थित लेखनाथ रंगशालामा पुगेर दौड टुंगिएको थियो। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आयोजित हाफ म्याराथनमा मोहन देव जोशी दोस्रो बने। उनले एक घण्टा १४ मिनेट ०२ सेकेण्डमा पुरा गर्दै दोस्रो बन्न सफल भए। त्यसैगरी एक घण्टा १८ मिनेट ०८ सेकेण्डको समयमा पुरा गर्दै अनिश गुरुङ तेस्रो स्थानमा रहे। त्यसैगरि चेतनाथ चालिसे पोखरा च्याम्पियन बनेर १० हजार रुपैयाँ पाए।

महिला तर्फको १० किलोमिटर सडक दौडमा एक घण्टा ६ मिनेट ३७ मिनेटमा पुरा गर्दै पूर्ण लक्ष्मी न्यौपाने प्रथम भईन्। त्यस्तै एक घण्टा ७ मिनेट २८ सेकेण्डको समय लगाउँदै आशा रावत दोस्रो स्थान कब्जा गरिन्। सुमित्रा के. चाण्डारीले एक घण्टा ८ मिनेट १६ सेकेण्डको समय लगाउँदै तेस्रो स्थानमा चित्त बुझाईन्। विद्यालयस्तरीय ५ किलोमिटर दौड अन्तर्गंत छात्र तर्फ तेन्जेन रोकाले १७ मिनेट ४० सेकेण्डमा पुरा गर्दै प्रथम हँुदा १७ मिनेट ५० सेकेण्डमा पुरा गर्दै विवेक परियार दोस्रो स्थानमा आउन सफल भए। १७ मिनेट ५५ सेकेण्डको समय लगाएका सुनिल विक भने तेस्रो स्थानमा चित्त बुझाए।  

छात्रा तर्फको प्रतिस्पर्धामा ५ किलोमिटर दौडमा नारायण भण्डारी प्रथम भईन्। उनले दौडलाई २४ मिनेट ५०.३२ सेकेण्डको समयमा पुरा गरिन्। त्यस्तै मेनुका अधिकारी दोस्रो र एन्जेल अधिकारी तेस्रो स्थानमा रहे। म्याराथन विजेताले नगद ३० हजार रुपैयाँ प्राप्त गरे। उपविजेताले नगद २० हजार र तेस्रो स्थानमा रहने धावकले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन्। महिला दशकिलोमिटर दौडका धाविकाले नगद ३० हजार, उपविजेताले २० हजार र तेस्रोस्थानमा रहने धाविकलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको छ। पाँच किलोमिटर विद्यालयस्तरीय छात्रा तथा छात्र दौडका विजेताले १५, १० र ५ हजार रुपैयाँ प्राप्त गरेका छन।  

कास्की जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोग रहेको हाफ म्याराथनमा ६६ जना धावकको सहभागिता रहेको थियो। महिला दशकिलोमिटरमा १८ जना तथा विद्यालयस्तरीय छात्र तफ ३२२ र छात्रा तर्फ ११८ जनाले सहभागिता जनाएका थिए।  

प्रकाशित: २७ जेष्ठ २०८० १०:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App