२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

पाकिस्तानद्वारा शृंखला बराबरी

प्रोभिडेन्स- बाबर आजमको अविजित १ सय २५ रन तथा हसन अलीको पाँच विकेटप्रेरित पाकिस्तानले दोस्रो एकदिवसीय खेलमा आइतबार वेष्ट इन्डिजलाई ७४ रनले पराजित गरेको छ।

करियरकै उत्कृष्ट इनिङ खेल्ने क्रममा बाबरले १ सय ३२ बलमा ७ चौका र ३ छक्कासहित अविजित १ सय २५ रन बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको पाकिस्तानले ५ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो।

ओपनर अहमद शेहजादलाई ५ रनमा गुमाएको पाकिस्तानका कमरान अकमल पनि २१ रन जोड्दा अल्जारी जोसेफको बलमा शाई होपबाट क्याच भएका थिए। पाँचांै ओभरमा क्रिजमा आएका बाबर आजमले भ्रमणकारी टोलीको इनिङ सम्हालेका थिए। उनले मोहम्मद हफिजसँग तेस्रो विकेटका लागि ६९ रनको साझेदारी गरे भने सरफराज अहमदसँग पाँचौं विकेटका लागि ५५ तथा इमद वासिमसँग छैटौं विकेटका लागि ९९ रनको अविजित साझेदारी गरेका थिए।

हफिजले ३२ रन बनाए भने सरफराजले २६ रन जोडे। इमद ३५ बलमा २ चौका र २ छक्कासहित ४३ रनमा अविजित रहे।

वेस्ट इन्डिजका शानोन गाब्रियलले २ विकेट लिँदा एस्ले नर्सद, देभेन्द्र विशु र अल्जारीको नाममा १/१ विकेट रह्यो।

२ सय ८३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४४.५ ओभरमा २ सय ८ रन बनाउँदा सबै विकेट गुमाएको थियो। घरेलु टोलीका लागि जसन होल्डरले सबैभन्दा धेरै ६८ रन बनाएका थिए।

इभिन लेविस र चाडविक वाल्टनले पहिलो विकेटका २२ रनको साझेदारी गरेका थिए। त्यसपछि निरन्तर विकेट गुमाएको वेस्ट इन्डिजका होल्डरले नर्ससँग सातौं विकेटका लागि ५८ तथा जोसेफसँग नवौं विकेटका लागि ५२ रनको साझेदारी गरे पनि घरेलु टोलीका जितमा त्यो पर्याप्त भएन।

होल्डरले ८७ बलमा ६ चौका र १ छक्कासहित ६८ रन बनाए भने नर्सले ४३ बलमा ६ चौका र १ छक्कासहित ४४ रन बनाए। 

पाकिस्तानका हसनले ८.५ ओभरमा ३८ रन दिएर ५ विकेट लिँदा हफिजको नाममा २ विकेट रह्यो। जितसँगै पाकिस्तानले तीन खेलको शृंखला १—१ को बराबरी गरेको छ। तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ।

प्रकाशित: २९ चैत्र २०७३ ०४:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App