१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

चार उसु निर्णायक इन्डोनेसिया प्रस्थान

इन्टरनेसनल उसु जजेज ट्रेनिङ तथा सर्टिफिकेसन कोर्समा सहभागी हुन उसुका ४ सदस्यीय निर्णायक टोली मंगलबार इन्डोनेसियाको बाली प्रस्थान गरेका छन्।

मे ३१ देखि जुन ६ तारिखसम्म हुने कोर्सको थाउलोमा विनोद मारिक, विशाल थापा सिन्जाली र मन्जुर महर्जन तथा सान्सौंमा रतनबहादुर खातीले सहभागिता जनाउने छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल उसु महासंघका अध्यक्ष समेत रहेका राखेपका सदस्य जनक बर्तौलालगायतले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे।

प्रकाशित: १६ जेष्ठ २०८० १५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App