५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

दुवै पुलिसबीच फाइनल भिडन्त

ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको फाइनलमा एपिएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।

ललितपुरस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको दोस्रो सेमिफाइनलमा एपिफले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्दा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले न्यु डायमन्ड क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो।  

प्रतिस्पर्धात्मक खेलमा एपिएफले सुरुआती दुई सेट २५–२१ र २५–२२ ले जितेको थियो। तर, तेस्रो र चौथो सेट आर्मीले २५–१२ र २६–२४ ले आफ्नो बनाएपछि खेल पाँचौं सेटमा पुगेको थियो। पाँचाै सेट एपिएफले १५–१२ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो।  

यसअघि बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा पुलिसले न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा स्तब्ध बनाउँदै एपिएफसँगको भेट पक्का गर्यो। पुलिसले २५–१६, २५–१४ र ५–१७ ले खेल आफ्नो पक्षमा पारेको हो। पराजित टोलीद्वय न्यु डायमन्ड र आर्मीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। खेल शुक्रबार हुनेछ।  

प्रतियोगिताअन्तर्गत बिहीबार नै भएको पुरुषतर्फ नेपाल पुलिस क्लबले एपिएफ क्लबलाई ३–१ को सेटमा हराएको छ। पुलिसले एपिएफलाई २८–२६,२५–२१,१८–२५ र २५–१८ ले हराएको हो। जितसँगै पुलिस समूहविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। यस्तै पुरुषतर्फकै अर्को खेलमा ललितपुर महानगरपालिकाले सूर्यविनायक युथ क्लबलाई ३–० को सोझो सेटमा स्तब्ध बनायो। ललितपुरले सूर्यविनायकलाई २५–११,२५–१० र २५–१४ ले हराएको हो। जितसँगै ललितपुर पनि सेमिफाइनल पुगेको छ। पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी र एपिएफ क्लब भिड्दा दोस्रो सेमिफाइनलमा पुलिस र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ। दुवै सेमिफाइनल शुक्रबार हुनेछन्। 

प्रकाशित: १५ वैशाख २०८० ०१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App