२ असार २०८१ आइतबार
image/svg+xml
खेल

एक खेल अगावै रूपेश र सुजना च्याम्पियन

फिडेमास्टरद्वय रूपेश जैशवाल र सुजना लोहनी राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा एक खेल अगावै च्याम्पियन भएका छन्।

राष्ट्रिय ‘बी’ च्याम्पियनसिपबाट छानिएका तथा साबिकको विजेता र फिडे रेटिङमा शीर्ष स्थानमा रहेका समेत गरी खुला र महिलामा समान १० खेलाडीबीच प्रतिस्पर्धा भएको थियो। यो प्रतियोगिता अन्तर्राष्ट्रिय सहभागिताका लागि राष्ट्रिय टोलीको छनोटसमेत हो। 

रूपेश र सुजनाले शनिबार सातौं र आठौं चरणमा आफ्नो अनुकुल नतिजा निकालेसँगै च्याम्पियन बन्न नवौं चरणसम्म प्रतीक्षा गर्नु परेन। यी दुईले यसै महिना बंगलादेशमा आयोजना हुने वल्र्ड च्याम्पियन सर्कल एसियन जोनल ३.२, उज्बेकिस्तानमा हुने एसियन च्याम्पियनसिप र सन् २०२४ मा हंगेरीको बुडापेस्टमा हुने ४५औं चेस ओलम्पियाडमा सहभागिता निश्चित गरेका छन्।

सातौं चरणमा रूपेशसँग बराबरी खेलेका क्षितिज आठौं चरणमा साबिकको विजेता पुरुषोत्तम चौलागाईंलाई हराउँदै दोस्रो भए। उनले कुल ६ अंक बटुले। नेपाल पूर्वच्याम्पियन सुरवीर लामा र १४ वर्षे युवा खेलाडी पुरुषोत्तम सिलवाल साढे पाँच अंकसहित संयुक्त रूपमा तेस्रो स्थानमा रहे। महिलातर्पm शनिबार शीर्ष स्थानमा रहेकी सुजनाले एक खेल जितेर अर्को खेलमा बराबरी गरे पनि उपाधि जित्न पर्याप्त भयो। राउन्ड रोबिनको आधारमा नवौं चरणसम्म हुने प्रतियोगितामा एक चरणको खेल बाँकी रहँदा नै सुजना साढे सात अंक जोड्दै च्याम्पियन बनेकी हुन्।

त्यस्तै दिव्यांश मल्टी प्रोडक्सनको मुख्य प्रायोजनमा र रुक्मणी टुर्स एन्ड ट्राभल्सको सहप्रायोजन सम्पन्न प्रतियोतामा सुशीला गुरुङ र शान्ति धिमालले पाँच अंक जोडे। सुशीलाले आठौं चरणमा विनिता कपालीसँग हार बेहोरिन्। शान्तिले भने पुनम प्रसाईंलाई निराश बनाइन्। नेपाल पूर्वच्याम्पियन सिन्दिरा जोशीको साढे चार अंक छ भने विनिता कपालीको तीन अंक बटुलिन्। काठमाडौंको होटल ले हिमालयमा जारी प्रतियोगिताका नवौं तथा फाइनल चरणको खेल भने आइतबार हुनेछन्। आइतबार नै प्रतियोगिताको समापन हुनेछ।

प्रकाशित: १० वैशाख २०८० ०१:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App